आइतबारको शेयरबजार स्थिरजस्तै

 जेठ ६, २०७५ आइतबार १८:३५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ ६ – शेयर बजार परिसूचक नेप्से आइतबार स्थिरजस्तै रहेको छ ।

एक महिनाभित्र अनलाइन प्रणाली लागू हुने भएपछि सुरुमा बजार बढेर १३ सय ५७ विन्दुको नजिकै पुगे पनि फेरि ओरालो लागेर बजार बन्द हुँदा शुन्य दशमलव ४६ अंकले घटेर १३ सय ३९ दशमलब १९ बिन्दुमा रोकिएको हो ।

गएको बिहीबारको तुलनामा आइतबार कारोबार रकम भने ६ करोडले बढेको छ । आइतबार मिरमिरे माइक्रोफाइन्नान्स र समता माइक्रोफाइनान्सको शेयर मुल्य १० प्रतिशत बढेको छ । हिमालयन डिस्टिलरी लिमिटेडका शेयर धनीले साढे ३ प्रतिशत गुमाएका छन् ।

३४ करोड ८२ लाखभन्दा बढीको शेयर किनबेच भएको दिन आइतबार सवैभन्दा धेरै मिर्मिरे माइक्रोफाइनान्सको शेयर २ करोड ३६ लाखभन्दा धेरैको किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया