महाशिवरात्रिका अवसरमा आएका साधु सन्तकाे बिदाइ
फागुन १६, २०८१ शुक्रबार
रसुवा - गोसाई कुण्ड जाने तीर्थयात्रीको आवतजावत बिहीबारदेखि बढेको छ ।
जनैपूर्णिमा मेला सुरु भएसँगै गोसाई कुण्ड जाने तीर्थयात्रीको चाप बढेको हो । तीर्थयात्रीले धुन्चे गोसाई कुण्ड पदमार्ग भरिएको छ । दैनिक २ सयभन्दा बढी तीर्थयात्री आइरहेका गोसाई कुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ ।
यो वर्ष कम वर्षा भएका कारण पदमार्ग सुरक्षित छ भने रसुवाखण्डको कुनै पनि स्थानमा पहिरो झरेको छैन । यसवर्ष १५ हजार तीर्थयात्रीले मेला भर्ने आकलन गरिएकाे समितका अध्यक्ष सन्जीव डीएमले बताउनुभयो । मेला तथा समग्र सुरक्षाको व्यवस्थाबारे बारे जानकारी लिन प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको टोली शुक्रबार गोसाई कुण्ड लागेको छ ।
परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूलधारा उत्पति भएकाे र त्रिशुलधाराको पानीबाट गोसाई कुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ ।
जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाई कुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरी वर्षको दुई पटक मेला लाग्ने गर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।