राष्ट्रप्रमुखको भूमिका निष्पक्ष र स्वतन्त्र हुन सकेन: राप्रपा अध्यक्ष जबरा

 साउन २५, २०७६ शनिबार १९:१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर जबराले नेपालमा राष्ट्रप्रमुखको भूमिका निष्पक्ष र स्वतन्त्र हुन नसकेको बताउनु भएको छ । 

शनिबार रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष जबराले पार्टीको नेता नै राष्ट्रपति भएकोले भूमिका निष्पक्ष हुन नसकेको बताउनु भयो । 'नेपालको राजसंस्था निष्पक्ष र कुनै पनि पार्टीमा आवद्ध नभएकोले राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न सक्छ', अध्यक्ष जबराले भन्नुभयाे । 

अध्यक्ष जबराले आफ्ना जिजु काकाले दिएको दरबारले पनि नपुगेर अहिले राष्ट्रपति शीतलनिवास नजिकै रहेको प्रहरी तालिम केन्द्रको जग्गा पनि सोखको लागि राष्ट्रपति कार्यालयको बनाउने काम गरेको भन्दै आपत्ति जनाउनु भयो । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया