त्रिशूली दुर्घटना अपडेट : ज्यान गुमाउने ९ जनाकै परिचय खुल्यो, बेपत्ताको खोजी हुँदै

 साउन २६, २०७६ आइतबार ९:२०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – धादिङको सलाङघाटमा शुक्रबार भएको बस दुर्घटनामा हराइरहेकाको खोजी भइरहेको छ ।

आइतबार बिहानैदेखि नेपाली सेना प्रहरी र गोताखोरसहितको टोलीले खोजी थालेको धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।

त्यस्तै दुर्घटनामा ज्यान गुमाएका नौ जनाकै परिचय खुलेको उहाँले जानकारी दिनुभयो । ज्यान गुमाएकी सर्लाही त्रिभुवन नगरपालिका ४ की शोभा रौनियारको शनिबार अबेर परिचय खुलेको हो ।

त्यस्तै दुर्घटनामा परि ज्यान गुमाउनेमा भारत सितामढी बस्ने वर्ष ३० को अजय ठाकुर, सर्लाहीका २५ वर्षीय विजय कुर्मी, सर्लाहीको मलंगवा १ का सुनिल कुमार श्रीवास्तव र उनकी श्रीमती ३५ वर्षकी निमा श्रीवास्तव, मलंगवा नगरपालिका ६ का ५५ वर्षीय जगरनाथ राय यादव, सर्लाहीको हरिवनका ४६ वर्षीय बिनोदप्रसाद उप्रेती, महोत्तरीको बर्दिबास नगरपालिका ६ का २५ वर्षीया सरिताकुमारी महतो र उनका ६ वर्षका छोरा आशिषकुमार साह तथा भारतका अजय ठाकुर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ६ जनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौमा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया