महाशिवरात्रिका अवसरमा आएका साधु सन्तकाे बिदाइ
फागुन १६, २०८१ शुक्रबार
रसुवा – बस्तीमुनिबाट पहिरो गएपछि एउटै टोलका सात घर जोखिममा परेका छन् ।
अविरल वर्षाका कारण आएको पहिरोले जिल्लाको नौकुण्ड गाउँपालिका–४, नामशरण टोल जोखिममा परेको हो । यहाँका सात परिवारलाई तत्काल सुरक्षित ठाउँमा सार्नुपर्ने देखिएको छ ।
पहिरोले श्यामबहादुर पाख्रिन, कीर्तिमान पाख्रिन, चन्द्रबहादुर पाख्रिन, मनकुमारी थिङ, विपीलाल ग्लान, बुद्धिमान पाख्रिन र मंगले पाख्रिनको घर जोखिममा परेको हो । घरमुनिबाट पहिरो गएका कारण घरमा बस्न सक्ने अवस्था नरहेको स्थानीय श्यामबहादुर पाख्रिनले बताउनुभयो ।
यस वर्ष वडा कार्यालय तथा गाउँपालिकामा निवेदन दिएको उहाँको भनाइ छ । गएको वर्ष पनि गाउँपालिका तथा प्रहरीमा निवेदन दिएको भए पनि कुनै सुनुवाइ नभएको स्थानीय बताउँछन् ।
वर्षा याम अझै बाँकी रहेकाले तत्काल पहिरो रोकथाम गर्नुपर्ने देखिएको छ । गएको वर्ष पनि बस्ती नजिकै पहिरो गएको थियो । सडकको नयाँ ट्रयाक खोलेसँगै बस्ती नै जोखिममा परेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।