काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा छिटपुट वर्षा
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ – ललितपुर महानगरपालिकाले ‘बीउ एटीएम' सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिकाले शहरी खेती साझेदारी कार्यक्रम अन्तर्गत कृषकहरुलाई उन्नतस्तरको बीउ एटीएम मार्फत् उपलब्ध गराउने गरी ‘बीउ एटीएम' सञ्चालनमा ल्याएको हो ।
आइतबार ललितपुरमा एक कार्यक्रमकाबीच कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीको उपस्थितिमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ‘बीउ एटीएम' को उद्घाटन गर्नु भएको हो । उहाँले शहरी कृषकहरुको उत्पादनमा बढावा दिने उद्देश्यका साथ उन्नत बीउविजन वितरणका लागि बीउ एटीएमको व्यवस्था गरिएको स्पष्ट पार्नु भयो ।
‘बीउ एटीएम' मा ३६ जातका तरकारी तथा फलफूलको उन्नत बीउ पाइने ललितपुर महानगरपालिकाले जनाएको छ । २०, ५० र १०० मूल्यका सफा नोट एटिएममा घुसाएपछि उनीहरुले चाहे अनुसारको बीउको चित्र आउने र सोही चित्रमा थिचेपछि आवश्यक बीउ प्राप्त गर्ने व्यवस्था एटीएममा गरिएको छ ।
यसअघि ललितपुर महानगरपालिकाले ‘पानी एटीएम’ पनि सञ्चालनमा ल्याइसकेको छ । मेयर महर्जनले शहरी क्षेत्रको उचित व्यवस्थापनका लागि ‘साइकल लेन’ को व्यवस्था गर्ने कामलाई पनि अघि बढाइएको जानकारी दिनुभयो ।
कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव जिसीले प्रदेश र स्थानीय सरकारसँग मिलेर कृषि उत्पादनमा बढावा दिन नयाँ–नयाँ प्रविधिको विकास गर्न सरकार तयार रहेको बताउनु भयो । उहाँले कृषिमा निर्भर मुलुकलाई अघि बढाउन कृषि क्षेत्रको विकासमा तीन ओटै तहबीच मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
ललितपुर महानगरपालिकाले नौ लाख लगानीमा स्थापना गरेको सो मेसिनको सेवा सबै वडामा सञ्चालनमा ल्याउने तयारी पनि गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।