पर्यटनमन्त्रीको आग्रह: सामाजिक सञ्जालमा 'नेपाल भ्रमण वर्ष' को लोगो राखिदिनुहोस्

 साउन २६, २०७६ आइतबार १८:२४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले 'भ्रमण वर्ष २०२०' सफल बनाउन सबैसँग आग्रह गर्नुभएको छ । 

आइतबार एक विज्ञप्ति निकालेर मन्त्री भट्टराईले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउन सबै नागरिकको साथ आवश्यक रहेको उल्लेख गर्नुभएको छ । उहाँले देशमा पर्यटन क्षेत्रलाई बलियो बनाएर आर्थिक अवस्था बलियो बनाउने र रोजगारी सृजना गर्ने उद्देश्यका साथ भ्रमण वर्ष घोषणा गरिएको बताउनु भएको छ ।

भ्रमण वर्षकाे अपनत्व सबैले ग्रहण गर्नुपर्नेमा पनि मन्त्री भट्टराईले जोड दिनुभएको छ । विशेषगरी सामाजिक सञ्जालमा नेपाल भ्रमण वर्षको लोगो प्रयोग गरिदिन मन्त्री भट्टराईले आग्रह गर्नुभएको हाे । 

‘स्वदेश तथा विदेशमा रहेका समस्त  दाजुभाइ तथा दिदीबहिनीले भ्रमण वर्ष २०२० लाई प्रारम्भिकरुपमा सहयोग गर्नको लागि आफूले प्रयोग गर्ने व्यक्तिगत र संस्थागत सामाजिक सञ्जालमा नेपाल भ्रमण वर्षको लोगो राखिदिनुहुन अनुरोध गर्दछु,’ विज्ञप्तिमा भनिएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया