राष्ट्र बैंकले १० करोडको ट्रेजरी बिल बिक्री गर्दै

 साउन २७, २०७६ सोमबार ६:४९:१८ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले सोमबार १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको ट्रेजरी बिल आगामी कात्तिक २६ गते परिपक्व हुनेछ ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया