प्रदेश २ र ५ मा आज सार्वजनिक बिदा

 साउन २७, २०७६ सोमबार ७:४६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - मुस्लिम समुदायको पर्व बकर इदको अवसरमा प्रदेश नं. २ र ५ मा सोमबार सार्वजनिक बिदा दिइएको छ । दुवै प्रदेश सरकारले पर्वका अवसरमा सोमबार बिदा दिने निर्णय गरेको हो । 

यो दुवै प्रदेशमा मुस्लिम समुदायको बाहुल्यता रहेकाले प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएकाे हाे । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले इदको शुभकामना दिनुका साथै यो पर्वले भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गर्नुभएको छ ।  

यस्तै प्रदेश ५ सरकारले बकर इदको बिदा सम्बन्धी निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित गरेको थियो ।  
 
 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया