अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि मनाईँदै

 साउन २७, २०७६ सोमबार ८:४८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शिक्षामा रुपान्तरण, उद्यमशीलता र नवप्रवर्द्धन भन्ने नाराका साथ साेमबार अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि मनाईँदैछ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९९ देखि अगस्ट १२ तारिखमा यो दिवस विश्वभर मनाउन थालिएको हो । नेपालमा भने सन् २००४ देखि मात्रै अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आइएको छ ।

२०६८ को राष्ट्रिय जनगणना अनुसार १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मान्दा कुल ४० दशमलव ३५ प्रतिशत अर्थात् एक करोड सात लाख युवा छन् । अहिले युवा विकास सूचकाङ्कमा नेपाल विश्वमा ७७ औँ नम्बरमा छ ।

युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि राष्ट्रिय युवा नीति बनाई युवा विकासका विषयवस्तुलाई नीतिगत रूपमा समावेश गरिएको छ ।

युवाका विषयमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत र जागरुक बनाउन यो दिवस मनाउने गरिन्छ । दिवस मनाइए पनि युवामा बेरोजगारी, अर्धदक्ष जनशक्ति, गुणस्तरीय शिक्षा जस्ता समस्या रहेका छन् ।

युवा बेला भनेको जोश, जाँगर सिर्जना र रचनात्मकतामार्फत समाज र देशका लागि योगदान दिन सक्ने सयम हो । तर, नेपालमा युवामैत्री ब्यवस्था बन्नै नसकेको र युवालाई देशको विकासमा उपयोग नगरिएको गुनासो पटकपटक उठ्ने गरेको छ । 

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया