सामान्य प्रशासनमन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

 साउन २८, २०७६ मंगलबार ६:१५:१८ | रासस

काठमाण्डाै - सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाबीच साेमबार ‘कार्यसम्पादन सम्झौता’ गरिएको छ । 

मन्त्रालय मातहतका कार्यलय तथा स्थानीय प्रशासनलाई सबलीकरण गर्ने उद्देश्यले सम्झौता गरिएको बताइएकाे छ । साेमबार काठकमण्डाैमा आयोजित कार्यक्रममा मन्त्री पण्डितले सङ्घीय निजामति ऐन छिट्टै ल्याउने गृहकार्य भइरहेको बताउँदै त्यसले कर्मचारीलाई वैज्ञानिक रुपमा व्यवस्थापन गर्न सहयोग गर्ने जानकारी गराउनुभयो । 

    उहाँले भन्नुभयो, “प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन कायम गर्न सबै मन्त्रालयमा प्रभावकारी ढङ्गमा कार्यसम्पादन गर्न निर्देशन दिएका कारण उक्त सम्झौता गरिएको छ, यसले राष्ट्रसेवक कर्मचारीको कार्यसम्पादनमा समीक्षा गरी वृत्तिविकासको अग्रसर प्रदान गरिने छ ।” विगतमा जे जस्तो भएको भए पनि अब राम्रो काम गर्नेलाई उचित मूल्याङ्कन गरिने बताउँदै कार्यालयको समय अवधिभित्र निजी स्वार्थका कार्य नगर्न र सेवा प्रवाहमा कर्तव्य पूरा गर्न मन्त्री पण्डितले आग्रह गर्नुभयो । 

 सचिव कोइरालाले मन्त्रालयबाट उपलब्ध हुने सेवा तथा स्थानीय प्रशासनलाई जनताप्रति थप उत्तरदायी बनाउन ‍सम्झौता महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले स्थानीय विकासका साथै पूर्वाधार निर्माणमा स्थानीय तहका प्रत्येक पालिकालाई एकापसमा जोड्ने, सबै पालिकाका भवनको विकास एकै प्रकारले गरिने जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया