गाेसाई कुण्ड मेला: एक हप्तामा २ हजार तीर्थयात्रीकाे आगमन

 साउन २८, २०७६ मंगलबार ८:५७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - एक हप्तामा २ हजार २ सय ३४ तीर्थयात्रीले गोसाई कुण्ड मेला भरेका छन् ।

तीमध्ये धुन्चे हुँदै १ हजार ६ सय ९७ र सुन्दरीजल हुँदै ५ सय २७ तीर्थयात्री गोसाई कुण्ड पुगेका गोसाई कुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ । यो नेपाली सेनाको चोलाङपाटी र कुटुमसाङ पोष्टले सङ्कलन गरेको तथ्याङ्क हो । गएकाे वर्षदेखि नेपाली सेनाले तीर्थयात्रीको विवरण राख्दै आएको छ । यस पटक १० जना विदेशीले समेत मेला भरेकाे समितिले जनाएको छ । 

दैनिक २ सयभन्दा बढी तीर्थयात्री आइरहेकाले बिहीबारदेखि तीर्थयात्रीको आगमन बढेको हो । यो वर्ष कम वर्षा भएका कारण पदमार्ग सुरक्षित छ भने रसुवाखण्डको कुनै पनि स्थानमा पहिरो झरेको छैन । तर समितिले अपेक्षा गरेजस्ताे १५ हजार तीर्थयात्रीकाे लक्ष्य भने पूरा नहुने देखिएको छ ।

मेला यही साउन ३० गते सकिन्छ । परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरेर विषको डाहा शान्त पार्न हिमालयखण्डको काखमा आएर शिवजीले त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूलधाराको उत्पति भएर त्रिशूलधाराको पानीबाट गोसाई कुण्डको उत्पति भएको किंवदन्ती रहेको पाइन्छ । 

जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाई कुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरी वर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन् ।
 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया