सर्वोच्चले भन्यो : बैंकको सीईओको उमेर हद तोक्ने परिपत्र कार्यान्वयन नगर्नू

 साउन २८, २०७६ मंगलबार १८:१४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालकको उमेर हद तोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले राष्ट्र बैंकको एकीकृत निर्देशनमा उल्लेख भएको सीईओ र सञ्चालकको उमेर हद तोक्ने निर्देशन कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।

प्राइम कमर्सियल बैंकका पूर्व सीईओ नारायणदास मानन्धरले राष्ट्र बैंकको परिपत्र कार्यान्वन नगराउन माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

यसअघि साउन २० गते राष्ट्र बैंकले निर्देशन जारी गर्दै ६५ वर्ष नाघेको व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त, पुनः नियुक्त हुन योग्य नहुने र ६९ वर्ष नाघेको व्यक्ति सीईओमा बहाल रहन नसक्ने जनाएको थियो ।

यस्तै ७० वर्ष नाघेको व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक पदमा नियुक्त, पुनः नियुक्त  र मनोनित हुन अयोग्य हुने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । 

यस्तै ७४ वर्ष पुगेको व्यक्ति सञ्चालक पदमा बहाल रहन नपाउने पनि राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

अन्तिम अपडेट: फागुन २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया