च्याम्पियन्स ट्रफी : अस्ट्रेलियासँगकाे खेलमा अफगानिस्तान पहिला ब्...
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ – नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै निर्मला पन्त घटनाको बारेमा गृह मन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएकाे छ ।
गृहमन्त्री थापाले ‘निर्मला प्रकरण हिजो पनि भएका थिए, आज पनि छ र भोलि पनि केही समय रहन्छ’ भनेर घटनालाई हल्का रुपमा प्रस्तुत गरेको भन्दै सांसद कँडेलले ‘के तपाईँको परिवारमा पनि निर्मला पन्त जस्तै घटना भएको भए त्यही अभिव्यक्ति हुने थियो ?’ भनेर प्रश्न गर्नुभयो ।
निर्मला पन्त प्रकरणलाई विक्रम संवत २०३८ सालमा पोखरामा भएको नमिता–सुनिता प्रकरणसँग तुलना गर्दै उहाँले विगतमा श्रीपेचको आडमा र अहिले बिना श्रीपेचका सिंहदरबारका जनप्रतिनिधिबाट घटना भएको दाबी गर्नुभयो ।
कँडेलको अभिव्यक्तिमा नेकपाका सचेतक शान्ता चौधरीले नियमापत्ति गरेपछि नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले सांसद बोलिरहेको अवस्थामा उठेर बोल्ने कुन नियममा छ भन्दै दोहोराे बाजाबाज गराउन नपाइने भन्दै सभामुखको ध्यानाकर्षण गराउनु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।