च्याम्पियन्स ट्रफी क्रिकेट : आज अस्ट्रेलिया र अफगानिस्तान खेल्दै
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ – संघीयताबारे नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटा रोपेको अर्कै फल्न लागेको भन्दै दिएको अभिव्यक्तिप्रति नेताहरुले बहस सुरु गरेका छन् ।
अध्यक्ष प्रचण्डको अभिव्यक्तिप्रति लक्षित गर्दै समाजवादी पार्टीका संयोजक डा.बाबुराम भट्टराईले पञ्चायती विकास मोडेलको ७ प्रदेशको बीउ रोपेकाले अहिले त्यही फलेको भन्दै प्रतिक्रिया दिनुभएको छ ।
उज्यालोको ट्विटरमा रहेको अध्यक्ष प्रचण्डको अभिव्यक्तिसहितको भिडियोमा कमेन्ट गर्दै भट्टराईले कृषिमा स्नातक कमरेडलाई थाहा हुनुपर्ने हो, जस्तो बीउ रोप्यो त्यस्तै बिरुवा उम्रन्छ भन्ने भन्दै व्यग्य गर्नुभएको छ ।
साथै राज्य पुनर्संरचना समितिले पहिचानसहित १० प्रदेशको संघीयताको बीउ सिफारिस गरेको भए पनि प्रचण्डले सत्ता बाँडचुडका लागि एमाले र कांग्रेससँग पञ्चायती विकास क्षेत्र मोडेलको ७ प्रदेशको बीउ रोपेकाले अहिलेको स्थिति उत्पन्न भएको जिकिर पनि गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘कृषिमा स्नातक कमरेडलाई थाहा हुनुपर्ने जस्तो बीउ रोप्यो त्यस्तै बिरुवा उम्रन्छ । राज्य पुनर्संरचना समितिले पहिचानसहित १० प्रदेशको संघीयताको बीउ सिफारिस गरेको थियो तर तपाईँले एमाले र कांग्रेससँग सत्ता बाँडचुड गर्न पञ्चायती विकास क्षेत्र मोडेलको ७ प्रदेशको बीउ रोप्नुभो, ऐले त्यही फल्दै छ ! कसो ।’
— Baburam Bhattarai (@brb1954) August 13, 2019
डा.भट्टराईको प्रतिक्रियाको जवाफ दिँदै राप्रपा अध्यक्ष कमल थापाले प्रदेशको संख्या थपघटले संघीयता असफलतातर्फ लम्केको नभइ नेपालको आर्थिक सामाजिक परिवेश नै संघीयता धान्न सक्ने अवस्थामा नरहेकाले यो असफलतातर्फ लम्केको बताउनुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘जस्तो बीउ रोप्यो त्यस्तै उम्रन्छ भन्ने जान्न कृषिमा स्नातक हुनु जरुरी छैन । वास्तवमा विद्यमान असफलता, अन्तरविरोध प्रदेशको संख्या थपघटले होइन, नेपालको आर्थिक सामाजिक परिवेशले संघीयता नै धान्न नसक्ने भएकाले यसबारे पुनर्विचार गरौँ वा व्यापक बहससहित जनस्वामित्व हुनेगरी जनमत संग्रह गरौँ ।’
— Kamal Thapa (@KTnepal) August 13, 2019
अध्यक्ष प्रचण्डले गएको शनिबार चौथो समुदायिक वन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै तीन तहको सरकारले एउटै विषयमा कर लगाउँदा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठ्न लागेको भन्दै रोपेको एउटा थियो, अर्कै उम्रिन खोजेको छ भन्ने अभिव्यक्ति दिनुभएको थियो ।
तीन तहको सरकारले एउटै विषय कर लगाउँदा संघीय लोकतान्त्रिक गणतन्त्रले जनताको अधिकार स्थापित गर्छ भन्ने विश्वासमाथि प्रश्न उठ्ने भन्दै उहाँले भन्नुभयो, ‘आफैलाई विडम्बना लाग्छ । रोपेको एउटा थियो, अर्कै उम्रिन खोजेको छ ।’
उहाँले अघि भन्नुभयो, ‘जनताले हिजो जिल्लामा पाएको सेवाका लागि काम प्रदेशमा जाने भनेको होइन । घरदलौमा दिने भनेको हो । तर कैयौँ ठाउँमा उल्टो भएको छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।