१२ सय किलोमिटरको मदन भण्डारी राजमार्ग बन्ने

 जेठ ७, २०७५ सोमबार ७:२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

सरकारले  चुरे तथा भित्री मधेसको उपत्यका जोड्ने गरि १२ सय किलोमिटर लामो मदन भण्डारी राजमार्ग बनाउने भएको छ । 

१२ सय किलोमिटर लामो यो राजमार्गलाई झापाको शान्तिनगरदेखि डडेलधुराको रुपाल सम्म जोड्ने प्रस्ताव गरिएको छ । भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले गरेको राजमार्ग बनाउने प्रस्ताव आइतबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो ।

यो राजमार्ग पूर्व पश्चिम राजमार्ग र मध्यपहाडी लोकमार्गको बीचबाट भित्रि मधेसका उपत्यकाहरुलाई जोड्ने गरी बनाउने प्रस्ताव गरिएको छ ।

मदन भण्डारी राजमार्गको नाममा निर्माण प्रस्ताव गरिएको यो राजमार्ग  झापाको शान्तिनगरदेखि धरान, चतरा, गाईघाट, कटारी, सिन्धुलीमाडी, हेटौडा, गैंडाकोट, रामपुर, राम्दी, रिडी, तम्घास, सिमलटारी, प्युठान, तुल्सीपुर, बोटेचौर, सुर्खेत, बर्दीचौर, सिमचौर, विपीनगर, सहजपुर, बुडर, जोगबुढा र रुपालसम्म पुग्नेछ ।

अन्तिम अपडेट: चैत ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया