राष्ट्रियसभाका समाचार ओझेलमा परेकोमा अध्यक्ष तिमल्सिनाको गुनासो

 साउन २९, २०७६ बुधबार १०:३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभाका समाचार ओझेलमा परेकोमा गुनासो गर्नुभएको छ । 

नेपाल पत्रकार महासङ्घले काठमाण्डाैमा गरेको कार्यक्रममा राष्ट्रियसभा र यसका समितिहरुले गरेका गतिविधिलाई सञ्चारमाध्यमले प्राथमिकतामा नपारेकाे भन्दै गुनासाे गर्नुभएकाे हाे । प्रतिनिधिसभा र उसका समितिका बैठकका विषयलाई सञ्चारमाध्यमले प्राथमिकता दिने गरेकाे तर राष्ट्रियसभाका खबरलाई बेवास्ता गर्ने गरिएकाे उहाँले गुनासाे गर्नुृभयो । 

सञ्चारमाध्यममा आउने खबरहरु विश्वसनीय र निष्पक्ष हुनुपर्ने भन्दै उहाँले पत्रकारितालाई सबैले अन्याय पर्दाको साथीका रुपमा बुझ्ने बनाउन महासङ्घ, सञ्चारमाध्यम, सम्पादक र पत्रकार स्वयम् लाग्नपर्ने बताउनुभयो । 

पत्रकारितामा अनेकौँ विकृति रहेकाले त्यसलाई हटाउन नियम, कानुनलगायतका कुरामा जोड दिनपर्नेमा उहाँले जोड दिनुभयो । मिडिया काउन्सिल विधेयकमा आवश्यक थपघट र छलफल पछि मात्र अघि बढाउने उहाको भनाइ छ ।

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया