राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा तीन जनाको नाम सिफारिस

 साउन ३०, २०७६ बिहीबार १७:३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा तीन जनाको नाम सिफारिस भएको छ   ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि बनेको सिफारिस समितिले ११ जनाको नामबाट प्राध्यापक डाक्टर सुरेन्द्र शेरचन, प्राध्यापक डाक्टर शम्भूकुमार पहारी र प्राध्यापक डाक्टर श्रीकृष्ण गिरीलाई उपाध्यक्षको लागि सिफारिस गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।

सिफारिस भएकाहरुको नाम शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलले मन्त्रिपरिषद्मा लैजानुहुनेछ र मन्त्रिपरिषद्ले एकजनाको नाम छान्नेछ ।

सिफारिसमा परेका सुरेन्द्र शेरचन शेरचन मानसिक अस्पतालका पूर्व निर्देशक हुनुहुन्छ यस्तै शम्भूकुमार पहारी इन्टरनल मेडिसिनका विज्ञ हुनुहुन्छ भने श्रीकृष्ण गिरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्व रेक्टर हुनुहुन्छ । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया