कुवेतमा ज्यान गुमाएका यामबहादुरको परिवारलाई नि:शुल्क बिमा र पढाइमा सहयोग

 साउन ३०, २०७६ बिहिबार १७:३३:३७ | देव पचभैया
unn.prixa.net

पाल्पा – कुबेत पुगेको ४५ दिनमै ज्यान गुमाएका पाल्पाका याम बहादुर गाहाको परिवारलाई माथागढी गाँउपालिकाले नि:शुल्क बिमा र छोराको पढाइमा सहयोग गर्ने भएको छ । 

माथागढी ५ हात्तीलुङका ३५ वर्षीय गाहाको यही साउन १५ गते कम्पनीमा काम गरिरहेको बेला मरुभूमिको ढिस्कोले पुरिएर ज्यान गएको स्थानीयले जनाएका छन् । 

याम बहादुरकी श्रीमती पार्बती, ३ वर्षीय छोरा निरजसँगै आफन्तलाई  बिहीबार भेटेर गाँउपालिकाका अध्यक्ष सन्तोश थापाले परिवारलाई एक लाख बराबरको नि:शुल्क स्वास्थ्य बिमा र छोरालाई स्नातक तह सम्मको सम्पूर्ण पढाइ खर्च व्यहोर्ने बताउनुभएको हो । 

उहाँका साला (श्रीमतीका भाइ) रमन थापाका अनुसार याम बहादुरको शवलाई काठमाण्डौ पशुपति आर्यघाटमा अन्तेष्टी गरिएको छ । बौद्ध परम्परा अनुसार ७ दिने काजकिरिया बुधबार सम्पन्न भएको छ । 

आर्थिक अवस्था निकै कमजोर रहेका यम बहादुरको परिवारलाई स्थानीय सरकारको तर्फबाट गर्न सकिने अन्य सहयोगका बारेमा पनि छलफल भइहेको अध्यक्ष थापाले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया