काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा छिटपुट वर्षा
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ – वरिष्ठ पत्रकार एवं साहित्यकार मदनमणि दीक्षितको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ ।
महासंघले विज्ञप्ति जारी गर्दै दीक्षितको निधनले नेपाली सञ्चार क्षेत्रले एक अनुभवी र अग्रज पत्रकार गुमाउनु पर्दा स्तब्ध भएको जनाएको छ । यसकासाथै नेपाली साहित्य क्षेत्रले एउटा मूर्धन्य साहित्यसेवी गुमाएको पनि महासंघले जनाएको छ ।
१९७९ साल फागुन ६ गते काठमाण्डाैको गैरीधारामा जन्मनु भएका दीक्षितको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको थियो ।
दीक्षितले लामो समय समीक्षा साप्ताहिकलगायतका पत्रिका सम्पादन गर्नुभएको थियो । विभिन्न पत्रपत्रिकामा स्तम्भ लेखनमा समेत सक्रिय दीक्षितका ४६ वटा पुस्तक प्रकाशित छन् । उहाँले मदन पुरस्कार, साझा पुरस्कार लगायत दर्जनौ पुरस्कार र सम्मान प्राप्त गर्नुभएको थियो ।
वरिष्ठ पत्रकार दीक्षितको योगदानप्रति उच्च कदर र सम्मान प्रकट गर्दै नेपाल पत्रकार महासंघले उहाँको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।