नागरिक सुस्त भए सरकार पनि सुस्त हुन्छ: नेता नेपाल

 साउन ३२, २०७६ शनिबार १३:२९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देश विकासको लागि सबैलाई एकजुट हुन आह्वान गर्नुभएको छ । 

शनिबार काठमाण्डौमा भएको कार्यक्रममा देश विकासको लागि नागरिक, संघ-संस्था र सरकार एक साथ जुट्नु पर्ने बताउनु भएको हो । सानो-ठूलो जस्तोसुकै काममा ३ मुख्य पक्षको भूमिका हुने भन्दै पूर्व प्रधानमन्त्री नेपालले नागरिक सुस्त भए सरकार पनि सुस्त हुने बताउनु भयो ।

कहिलेकाहीँ धेरै काम गर्ने अपेक्षा गरिएको सरकारले पनि काम गर्न नसक्ने भन्दै ३ पक्षको हातेमालोले ठूला ठूला काम बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । पूर्व प्रधानमन्त्री नेपालले सरकारले गरेका कतिपय काम लामो अनुसन्धान र तयारीबिना आएको भन्दै चिन्ता पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले स्थानीय जनताले आफूले गर्नसक्ने काम पनि सरकार आउला र गरिदेला भनेर नकुर्न आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया