प्रदेश १ मा पानीमा डुबेर २४ घण्टाभित्रमा ४ को ज्यान गयो

 भदौ १, २०७६ आइतबार १४:५४:२ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – प्रदेश नम्बर १ का विभिन्न जिल्लामा पानीमा डुबेर गएको २४ घण्टाभित्रमा चार जनाको ज्यान गएको छ । 

मोरङको रतुवामाई नगरपालिका वडा नम्बर-७, सिजुवाका शिव मुखियाका १० वर्षीय छोरा आकाश मुखियाको खोलामा डुबेर ज्यान गयाे । शनिबार बिहान घरबाट हिँडेका आकाश साँझसम्म नफर्किएपछि परिवारले इलाका प्रहरी कार्यालय सिजुवामा खबर गरे । प्रहरीले उनलाई राति रतुवा खोलामा मृत अवस्थामा फेला पार्‍याे ।

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर-३, विराट पोखरा बस्ने रोशन बेसराका २ वर्षीय छोरा अजित बेसराको खेल्ने क्रममा घर नजिकै रहेको अदुवा खोलामा डुबेर ज्यान गयाे ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सुनसरीको ईटहरी उपमहानगरपालिका वडा नम्बर ६ का ४० वर्षीय मोहन भट्टराईको खेती खोलामा डुबेर ज्यान गयाे ।

सुनसरीकै रामधुनी नगरपालिकामा पनि एक जनाको पोखरीमा डुबेर ज्यान गयाे ।  रामधुनी वडा नम्बर-६, ईचोल बस्ने ५० वर्षका सरिलाल राजधामीको घर नजिकै रहेको पोखरीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया