च्याम्पियन्स ट्रफी क्रिकेट : आज अस्ट्रेलिया र अफगानिस्तान खेल्दै
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टीको शीर्ष नेताहरुको वरीयता टुंगो लागेको छ । नेकपा सचिवालयको आइतबार साँझ बसेको बैठकले दुई अध्यक्षपछिको दोश्रो वरीयतामा वरिष्ठ नेता झलनाथ खनाल रहनुहुने निर्णय गरेको छ । बैठकले वरिष्ठ नेता माधव नेपाललाई खनालपछिको तेश्रो वरीयतामा राख्ने निर्णय गरेको छ । पछिल्लो समय नेकपाको वरीयतामा झलनाथ खनालले आफूलाई तल पारिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आउनु भएको थियो ।
याे निर्णयपछि नेता नेपालकाे तेस्राे वरीयता खाेसिएकाे छ । नेता नेपालले वरीयताक्रम मिलाउनका लागि पूर्वएमालेका तीन पदाधिकारीलाई सचिवालय सदस्य बनाउनु प्रस्ताव पनि राख्नुभयाे। वरीयता खाेसिएपछि यस विषयमा पार्टीको विधानमा अनावश्यक रुपमा चलखेल गरेकाे भन्दै नेता नेपालले असन्तुष्टि व्यक्त गर्नुभयाे।
सचिवालयको बैठकपछि पत्रकारसँग कुरा गर्दैै नेकपा प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले नेताहरुको वरीयतासँगै साँगठनिक एकताका बाँकी विशेष क्षेत्र र जवार्गीय संगठनका इन्चार्ज तोक्ने निर्णय गरेको जानकारी दिनुभयो ।
बैठकले उपत्यका विशेष कमिटीको इन्चार्जमा लिलामणि पोखरेल, युवा तथा विद्यार्थी विशेष कमिटीको इन्चार्जमा माधव ढुंगेल, मजदुर विशेष जिल्ला कमिटीको इन्चार्जमा विना श्रेष्ठ, पेशागत महासंघको इन्चार्जमा केशव नेपाल, उद्योगी व्यवसायी विशेष कमिटीको इन्चाजर्मा पार्वत गुरुङ, केन्द्रीय सम्पर्क समन्वय कमिटीको इन्चार्जमा छविलाल विश्वकर्मालाई तोकिएको प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिनु भयो ।
बैठकले इन्चार्जसँगै विशेष कमिटी, जनवर्गीय संगठन र प्रदेश सम्पर्क कमिटीका सहइन्चार्ज तथा अध्यक्ष र सचिवहरू पनि तोकेको छ । ६ वटा जनवर्गीय संगठनमा भने माधव कुमार नेपालले ‘नोट अफ डिसेन्ट’ लेख्नुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।