बानेश्वरमा दृष्टि आई केयरको शाखा

 भदौ २, २०७६ सोमबार ८:३०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको बानेश्वरमा दृष्टि आई केयरको नयाँ शाखा सञ्चालनमा आएको छ । नेत्र रोग विशेषज्ञ प्रा. डा. रामप्रसाद पोखरेले अस्पतालको उद्घाटन गर्नुभएको हो ।

अस्पताल सञ्चालनमा आएसँगै नेपालमा पहिलो पटक आँखाको ट्रमिनु प्रविधिद्वारा पावर तथा फ्रेम परीक्षण हुने अस्पतालका कार्यकारी निर्देशक डा. भाइराजा श्रेष्ठले जानकारी  दिनुभयो ।

आँखासम्बन्धी रोगको अत्याधुनिक प्रविधिको प्रयोग गरी सेवा दिने उद्देश्यले दृष्टि आई केयरले २०७० सालमा झापाको बिर्तामोडमा मेची दृष्टि आँखा अस्पताल शुरु गरेको थियो ।

दृष्टि आई केयर समूहले कलंकी, चाबहिल, जमल, टोखा, बिर्तामोड, भद्रपुर, बीरगन्जमा आँखा अस्पतालको सुरू गरिसकेको छ ।
 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया