च्याम्पियन्स ट्रफी क्रिकेट : आज अस्ट्रेलिया र अफगानिस्तान खेल्दै
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा देशले प्राप्त गरेको उपलब्धिमाथि प्रहार गर्ने तत्व र शक्तिहरू सक्रिय भएको भन्दै छलफल भएको छ ।
प्रधानमन्त्री ओलीले मंगलबार साँझ आफ्नो सरकारी निवास बालुवाटारमा बोलाउनु भएको बैठकमा लोकतान्त्रिक गणतन्त्रको एजेन्डामा एक भएका दलहरु फेरि एकपटक एकजुट हुनुपर्ने बताउनु भएको छ ।
बैठकपछि सम्वाददाताहरुसँग बोल्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा प्रधानमन्त्रीले देशको पछिल्लो अवस्थामा लोकतान्त्रिक शक्तिहरु समझदारीसाथ सहकार्य गर्न आवश्यक भएको धारणा राखेको बताउनुभयो । प्रधानमन्त्रीले बैठकको सुरुमा विषय प्रवेश सँगै गणतन्त्र, संविधान, लोकतन्त्र संघीयतामाथि निरन्तर आक्रमण हुन थालेको भन्दै चिन्ता व्यक्त गर्नु भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
साथै प्रधानमन्त्रीले देशका विभिन्न भागमा बढ्दै गएको हिंसात्मक गतिविधिविरुद्ध एक भइ सरकारलाई सहयोग गर्न आग्रह पनि गर्नु भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । बैठकमा सहभागी दलका शीर्ष नेताहरुले प्रधानमन्त्रीको धारणामा सहमत हुँदै लोकतान्त्रिक गणतन्त्र र प्राप्त उपलब्धिको रक्षा गर्न सरकारलाई साथ दिन तयार रहेको धारणा राख्नु भएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
मंगलबार बसेको बैठकमा समसामयिक राजनीतिसँगै प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यबारे नेताहरुलाई जानकारी गराउनु भएको थियो ।
बुधबार पुनः सर्वदलीय बैठक बस्ने भएको छ । बुधबारको बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको पदाधिकारी चयन र शान्ति प्रक्रियाका बाँकी काम कसरी सम्पन्न गर्ने भन्ने विषय केन्द्रित छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।