प्रधानमन्त्री ओलीसँग भारतीय विदेश मन्त्री जयशंकरको शिष्टाचार भेटवार्ता

 भदौ ४, २०७६ बुधबार १४:३९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतीय विदेश मन्त्री सुब्रमण्यम जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नु भएको छ ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै काठमाण्डौ आउनुभएका भारतीय विदेश मन्त्री जयंशकरले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गर्नु भएको हो ।

भेटवार्ताका क्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत उपस्थित हुनुहुन्थ्यो ।

संयुक्त आयोगको बैठकमा बुधबार नेपाल भारत दुईपक्षीय सहयोग आदान प्रदानको साथै  विभिन्न एजेण्डामा सहमति सहित हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । विदेश मन्त्री जयशंकरको सम्मानमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बुधबार साँझ रात्रीभोजको आयोजना गर्नुभएको हो ।

उहाँले शुक्रबार बिहान साढे १० बजे राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने र अपरान्ह साढे ३ बजे दिल्ली फर्कने कार्यक्रम छ । विदेश मन्त्री जयशंकरको यो भ्रमण विदेश मन्त्री भएपछिको पहिलो नेपाल भ्रमण हो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया