डाक्टर केसीका माग पूरा नभए सडक आन्दोलनमा जाने शिक्षण अस्पतालका चिकित्सकको चेतावनी

 असार २७, २०७५ बुधबार १९:३३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – महाराजगंजमा रहेको शिक्षण अस्पतालका चिकित्सकहरुले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न सरकारलाई दबाब दिन शुक्रबारबाट सडक आन्दोलन सुरु गर्ने भएका छन ।

शिक्षण अस्पतालका चिकित्सकहरुले बुधबार अस्पताल परिसरमै एक कार्यक्रमको आयोजना गरी वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन २४ घण्टा भित्र नभए शुक्रबारबाट अस्पतालको मूल गेटमा ताला लगाएर काठमाडौंको माइतीघर मण्डलामा सर्वसाधारणको उपचारसहित विरोध प्रर्दशन गर्ने चेतावनी दिएका हुन ।

देशका सबै भूभागमा स्वास्थ्य उपचारको व्यवस्था होस भनेर आमरण अनसनमा बस्नु भएका वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न सरकार तयार नभएपछि सरकारविरुद्ध सडकमै उपचार गर्न जानुपर्ने अवस्था आएको डा. सन्तोष उपाध्यायले बताउनुभयो ।

चिकित्सकहरुले वरिष्ठ चिकित्सक केसीसँग पटक–पटक सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिको आफूहरु घोर विरोधी रहेको पनि स्पष्ट पारेका छन । उनीहरुले वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि उचित व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया