क्रिष्टल प्यालेससँग म्यानचेस्टर युनाइटेड पराजित

 भदौ ८, २०७६ आइतबार ८:४५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड क्रिष्टल प्यालेससँग २–१ गोल अन्तरले पराजित भएको छ । शनिबार राति भएको खेलमा युनाइटेड क्रिष्टल प्यालेससँग २–१ गोलले पराजित भएपछि म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा पुग्ने असफल बन्यो ।

म्यानचेस्टर घरेलु मैदान वर्ल्ड टाफोर्डमा पहिलो हाफको ३२ औं मिनेटमा पछि परेको थियो । क्रिष्टल प्यालेसका जोर्डन अवीले गोल गर्दै अग्रता दिलाएका थिए । उक्त अग्रता क्रिष्टलले अन्तिमसम्म जोगाउन नसक्दा खेल बराबरीमा आएको थियो । ८९ औं मिनेटमा डेनियल जेम्सले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

तर खेलको इन्ज्युरी समयमा क्रिष्टलका पेट्रक भान एनहोल्टले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाएका थिए । यो अग्रता अन्तिम ह्वीसल नबज्दासम्म क्रिष्टलले कायम राख्दै स्पष्ट तीन अंक लिन सफल भयो । तेस्रो चरणको खेलबाट म्यानचेस्टर युनाइटेडले ४ अंक बनाएको छ भने क्रिष्टलको पनि चार अंक नै पुगेको छ ।

युनाइटेडका लागि ७० औं मिनेटमा मार्कस रासफोर्डले पेनाल्टी मिस गरे पछि बराबरी गर्ने मौका गुमाएका थियो ।

गएको हप्ता पउल पोग्बाले पेनाल्टी मिस गरेपछि यस पटक रासफोर्डलाई पेनाल्टी प्रहार गर्न दिइएको थियो । यस पटक रासफोर्ड पनि असफल भएका थिए । तर ८९ औं मिनेटमा जेम्सले गोल गर्दै खेल बरबारीमा ल्याए पनि अंक भने दिलाउन सकेनन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया