के हो बिहीबार मोरङको आकाशमा देखिएको सेतो डल्लो ?

 भदौ १२, २०७६ बिहीबार २१:१०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – बिहीबार मोरङ र सुनसरीबाट आकाशमा दिउँसै ताराजस्तो दृश्य देखिएको छ । आकाशमा हेर्दा उत्तर दिशातर्फ सजिलै देख्न सकिने त्यो दृश्य दिउँसो ३ बजेदेखि नै देखिएको हो ।

पहिला यस्तो बस्तु मोरङको सुनवर्शी तथा रंगेलीका स्थानीयले देखेर फोटोहरु सार्वजनिक गरेका थिए ।  सुनवर्शी नगरपालिकाकी उपमेयर मञ्जुकुमारी राईले सीएफएल बल्बजस्तो चम्किलो बस्तु आकाशमा देखिएको उज्यालोसँगको कुराकानीमा बताउनुभयो । आकाशमा टलक्क टल्किएको बस्तु देखिएपछि सबैले अचम्म मान्दै तस्बिर खिचेको उहाँले बताउनुभयो ।

यसबारेमा नेपाल नेपाल एस्ट्रोनोमिकल सोसाइटी(नासो) का अध्यक्ष तथा अन्तरिक्ष तथा खगोल विज्ञानका ज्ञाता सुरेश भट्टराईसँग बुझ्दा उहाँले यो कुनै अर्थ अब्जर्भेसन र ट्राफिक माेनिटरिङ स्याटेलाइट भएको हुन सक्ने बताउनुभयो ।

उहाँका अनुसार यो अमेरिकाले छाडेको अर्थ अब्जर्भेसन र ट्राफिक माेनिटरिङ स्याटेलाइट ‘लेमर टू टम हेन्डरसन’ हुन सक्ने प्रबल सम्भावना रहेको छ । मोरङ र सुनसरीका केही ठाउँबाट मात्रै देखिएका कारण यो स्याटेलाइट नै हुन सक्ने उहाँले बताउनुभयो ।

अन्य ग्रह तथा आकाशीय पिण्ड भएको भए अरु ठाउँबाट पनि देखिनु पर्ने उहाँले बताउनुभयो । यदि अमेरिकी अर्थ अब्जर्भेसन र ट्राफिक माेनिटरिङ स्याटेलाइट ‘लेमर टू टम हेन्डरसन’ भएको खण्डमा त्यतिको चम्किलो देखिनु भने अचम्मको कुरा भएको भट्टराई बताउनुहुन्छ । यस प्रकारको स्याटेलाइट अत्यन्तै सानो भएको हुनाले चम्किलो देखिनु भने अचम्मको कुरा भएको उहाँ बताउनुहुन्छ । यस्तो स्याटेलाइट थ्री युनिट स्याटेलाइट हुन् भने यसको आकार ३० सेन्टीमिटर बाई १० सेन्टीमिटरका हुन्छन् ।

नासोका अध्यक्ष भट्टराईका अनुसार यस्ता स्याटेलाइट पृथ्वीको सहतभन्दा ४०० देखि ५०० किलोमिटरसम्मको उचाइमा रहन्छन् । यस प्रकारका स्याटेलाइटले पृथ्वीको कक्षमा एक चक्कर लगाउन ९४ मिनेट लगाउँछन् ।

प्रारम्भिक अध्ययन गर्दा अमेरिकी स्याटेलाइट ‘लेमर टू टम हेन्डरसन’ नै हुन सक्ने भए पनि पूरा यकिनका साथ भन्न त्यसको सही ‘डिरेक्सन’ थाहा हुनु पर्ने भट्टराई बताउनुहुन्छ ।

मोरङबाट दिएको जानकारीअनुसार यो स्याटेलाइट उत्तर पश्चिम र पश्चिमको बीचतिरबाट निस्केर दक्षिण र दक्षिण पूर्व गएर हराएको हुन सक्ने उहाँले बताउनुभयो । दक्षिण पश्चिम क्षेत्रमा आइपुग्दा सबैभन्दा चम्किलो भएको हुन सक्ने उहाँले बताउनुभयो ।

मोरङ र सुनसरीका सर्वसाधारण भने यो दृश्यबाट अचम्मित भएका छन् । कतिपय  सर्वसाधारणले यसलाई स्याटेलाइट भनेका छन् भने कतिपले यसलाई फरक नाम दिएका छन्  । तर त्यसको आधिकारिक पुष्टि भने भएको छैन ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Omra

    Aug. 31, 2019, 2:29 p.m.

    आज भन्दा करीब 30 वर्ष पहिले पनि मैले मोरंगको आकाशमा यस्तो चीज देखेको थिए. सम्भवतः यो अमेरिकी स्याएटलाइट नै हुनु पर्छ.

  •  0 Reply
  • Diwash

    Aug. 31, 2019, 2:53 a.m.

    Yoo chinako artifical moon experiment gareko chai huna sakx.

  •  1 Reply

तपाईको प्रतिक्रिया