भोजपुरमा बहुविवाह गर्ने जेल चलान

 भदौ २१, २०७६ शनिबार १७:५४:९ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – दोस्रो विवाह गर्ने आमचोक गाउँपालिका–९ दुम्मानाका ३१ वर्षीय जितबहादुर श्रेष्ठलाई जिल्ला अदालत भोजपुरले एक वर्ष ६ महिना कैद र १० हजार जरिबानाको फैसला गरेको छ ।

अदालतले श्रेष्ठसँग विवाह गरेकी कान्छी श्रीमती ३१ वर्षीया रत्नमाया श्रेष्ठलाई १ वर्ष कैद र १० हजार जरिबाना फैसला  गरेको छ । त्यस्तै अदालतले पीडकहरुबाट पीडितलाई ५ हजार क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत भोजपुरले जनाएको छ ।

जिल्ला न्यायाधीश खिलनाथ रेग्मीको इजलासले उनीहरुलाई कैद, जरिवाना र क्षतिपूर्तिको फैसला गरेको हो । श्रेष्ठको जेठी श्रीमती पूर्णमाया श्रेष्ठले श्रीमानले कान्छी श्रीमती ल्याएको भन्दै प्रहरीमा उजुरी दिएपछि उनीहरुलाई गएको जेठ १९ गते प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १ सय ७५ को उपदफा १ र २ बमोजिम बहुविवाहको कसुर ठहरिएकोले कैद, जरिबाना र क्षतिपूर्तिको फैसला गरेको हो  । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया