चीनले फ्रान्स, जर्मनीलगायत २९ वटा देशका लागि एकपक्षीय भिसामुक्...
मंसिर ७, २०८१ शुक्रबार
डोटी – पूर्वीचौकी गाउँपालिका वडा नम्बर–५ (पहिलेको काडामाण्डौ गाविस) मा २०६९ सालमा दादुराविरुद्धको खोप लगाउँदा ज्यान गुमाएका ४ जना बालबालिकाका परिवारले राहत पाएका छन् ।
खोप लगाउने बेलामा असावधानीका कारण डोटीका चार बालबालिकाको ज्यान गएकोे थियो । बालबालिकाको मृत्यु भएको आठ वर्षपछि परिवारले राहत पाएका हुन् ।
खोपका कारणले मृत्यु भएका बालबालिकाका परिवारलाई सर्वोच्च अदालतले २०७५ असार १४ गते खोप लगाएपश्चात मृत्यु भएका बालबालिकाका परिवारलाई क्षतिपूर्तिस्वरुप जनही दश/दश लाख रुपैँया दिन नेपाल सरकारलाई आदेश गरेको थियो । अदालतको आदेशपश्चात स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्ला प्रशासन कार्यालय डोटीमार्फत पीडित बालबालिकाका अभिभावकको खातामा रकम जम्मा गराएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मदन भण्डारी फाउण्डेसनका अध्यक्ष लक्ष्मण मलासीमार्फत ४ जनाको दश लाख रुपैयाँका दरले ४० लाख रुपैयाँको चेक जिल्ला प्रशासन कार्यालय डोटीमा पठाएको हो । प्राप्त रकम बैंक खातामार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वास्थ्य मन्त्रालयले जिल्ला प्रशासनलाई रकम पठाएको थियो, हामीले पीडित परिवारलाई बैंक खातामार्फत हस्तान्तरण गरेका छौँ ।’
२०६९ सालमा दादुराविरुद्धको खोप लगाएलगत्तै मिलन नेपाली, सुजाता नेपाली, गौरी चिराल र अन्जु विकको मृत्यु भएको थियो । ढिलै भए पनि सरकारबाट न्याय पाएको आभास भएको अन्जुका बुवा हरिभक्त विकले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले धेरै पटक सबैसँग आग्रह ग¥यौँ तर राहत पाउन सकेका थिएनौँ, अहिले पायौँ, खुशी छौँ ।’
सर्वोच्चको फैलसापछि पनि छिटो काम गर्नका लागि धेरै पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धाउनु परेको मदन भण्डारी फाउण्डेसन डोटीका अध्यक्ष लक्ष्मण मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतले क्षतिपूर्ति दिनु भन्ने फैसला कार्यान्वयनमा ढिलाइ भयो, पीडित परिवारसहित हामीले धेरै पटक धाउनु पर्यो, वर्षौंपछि राहत आयो, पीडितको घाउमा मलम लाग्ने छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।