तेह्रथुमका द्वन्द्वपीडितले ५१ लाख रुपैयाँ राहत बुझे

 असार ३०, २०७५ शनिबार ९:९:३८ | उज्यालो सहकर्मी

तेह्रथुम – तेह्रथुममा जिल्ला प्रशासन कार्यालयले दश वर्षे सशस्त्र युद्धको क्रममा विस्थापित भएका पीडितका परिवारलाई ५१ लाख रुपैयाँ राहत वितरण गरेको छ ।  

बेपत्ता पारिएका, मृत्युवरण गरेका र विस्थापित भएका गरी २४ परिवारलाई ५१ लाख ५५ हजार ७ सय रुपैयाँ राहतस्वरुप वितरण गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो । 

जसमध्ये बेपत्ता पारिएका दुई जनालाई १४ लाख रुपैयाँ वितरण गरिएको छ । यस्तै मृतकका परिवार ६ जनालाई २३ लाख रुपैयाँ र विस्थापित हुने १८ परिवारलाई १४ लाख ५५ हजार ७ सय रुपैयाँ वितरण गरिएको स्थानीय शान्ति समिति तेह्रथुमका सचिव तुलसी रिमालले जानकारी दिनुभयो । विगतमा राहत रकम प्राप्त गर्न छुटेका र अपुग रकम मात्रै लिएकाहरुको आवेदन लिएर राहत वितरण भइरहेको छ । 

जिल्लाका द्धन्द्धपीडितका लागि यो वर्ष ६४ लाख रुपैयाँ बजेट उपलब्ध भएको थियो । त्यसमध्ये अहिलेसम्म वितरण भएको बाहेकका पीडितलाई समेत असार मसान्त भित्रै राहत वितरण गर्न सकिने अवस्था रहेको छ । तर पीडितहरुको आवेदन बिहीबारसम्म पनि नभएकाले अब बाँकी झण्डै १३ लाख रुपैयाँ फिर्ता जाने भएको छ ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया