वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं – डेजाभु क्लब दरबार मार्ग काठमाडौंमा भारतीय चर्चित मोडल तथा बलिउड नायिका पूनम पाण्डेले प्रस्तुति दिने भएकी छिन् ।
शनिबार बिहान रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर डेजाभु क्लबका सञ्चालक केपी गैरेले मोडेल पुनम पाण्डे फ्यानहरुकाबीचमा रहेर रुसमा जारी विश्वकप फुटबलको फाइनल खेल हेर्ने चाहना राखेकोले उनलाई काठमाडौंमा ल्याइएको जानकारी दिएका छन् ।
सन् २०१७ मा सम्पन्न विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गै हुन्छु भन्नु भएको थियो, यसपालिको विश्वकप फुटबलमा क्रोएसियाले जितेको खण्डमा के तपार्इँ ‘टपलेस’ हुने हो ? भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भनिन्, ‘त्यो पुरानो प्रसंग हो, मेरो मनसाय यसपालिको विश्वकप क्रोएसियाले जितोस् भन्ने छ, क्रोएसियाले जित्यो भने म के गर्छु त्यसको बारेमा जान्नको लागि भोलि राति डेजाभुमा आउनु होला, थाहा पाउनु हुनेछ ।’ उनले अघि थपिन्, ‘म भारतबाट नेपाल आएकी छु, भने पक्कै पनि केही त होला नि ?
डेजाभु क्लबका सञ्चालक केपी गैरेले मोडल पुनम पाण्डेलाई पैसा तिरेर नेपाल नल्याएको स्पष्ट पारेका छन् । उनले भने, ‘हाम्रो व्यक्तिगत सम्बन्धका आधारमा उहाँलाई काठमाडौं ल्याइएको हो, बाहिर हल्ला फिँजाइए अनुसार क्लबले मोटो रकम तिरेर पूनमलाई ल्याइएको होइन, नेपालमा रहेका नेपाली फ्यानहरुको मनोभावना पूरा गर्नको लागि उहाँ नेपाल आउनु भएको हो, फ्यानहरुसँगै रहेर विश्वकप फुटबल हेर्नु हुनेछ ।’
bam bahadur karki
July 14, 2018, 12:27 p.m.france