सभामुखको राजनीतिक उचाइ सिध्याउन एउटा ‘कठपुतली’ तयार गरेर दुष्प्रयास गरियाे : सचिवालय

 असोज १३, २०७६ सोमबार २२:४०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई दुर्व्यवहार गरेको भनेर आएको खबरप्रति उहाँको सचिवालयले आपत्ति जनाउँदै त्यसमा सत्यता नरहेकाले भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ ।

सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ति जारी गर्दै सभामुख महरालाई सुनियोजित र योजनाबद्द रुपमा फसाउन खोजिएको उल्लेखछ । कर्मचारी समायोजनमा चित्त नबुझ्दा महिला कर्मचारीले सभामुखको बारेमा पुरै गलत, कपोकल्पित र अनर्गल समाचार प्रवाह भएकोमा सभामुखसमेत दुखित र आश्चर्यचकित हुनुभएको विज्ञप्तिमा उल्लेख छ ।

सभामुखको बारेमा गरिएको अनर्गल प्रचारबाजी क्षम्य नरहेको पनि विज्ञप्तिमा भनिएको छ । 

सभामुखको राजनीतिक व्यक्तित्वलाई अन्य कुनै पनि हतियारले गलाउन नसकेपछि कठपुतली तयार पारेर सामाजिक रुपमा बदनाम गर्ने दुष्प्रयास गरिएको प्रति यस्तो कृयाकलापको भत्र्सना गरेको छ ।

साथै समाचारमा आएको जस्तो चश्मा र जुत्ताका कुरा पनि पुरै निराधार भएको भन्दै चश्मा सभामुख महरासँगै रहेको सभामुखले त्यस प्रकारको जुत्ता प्रयोग नगरेको सचिवालयले जनाएको छ । त्यस्तै हिजाे असोज १२ गते दिउँसाे १२ बजे सभामुख सि‌ंहदरबारमा रहेकाे आफ्नाे कार्यालयमा गएर २ बजे बालुवाटारमा रहेकाे निवासमा फर्किएकाे पनि विज्ञप्तिमा उल्लेख छ । 

साेमबार सञ्चारमाध्यममा सभामुखमाथि एक महिलाले याैन दुर्व्यवहारकाे आराेप लगाएको समाचार प्रकाशित भएपछि सभामुखकाे सचिवालयले खण्डन गरेकाे हाे ।

हेर्नुहोस् सभामुख महराका प्रेस सल्लाहकार डिल्ली महतले जारी गरेको प्रेस विज्ञप्ति

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया