महरा प्रकरण : पीडित भनिएकी महिलाले आफूलाई केही नभएको भन्दै प्रहरीमा दिइन् निवेदन

 असोज १५, २०७६ बुधबार २१:४८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने महिलाले आफू डिप्रेसनको बिरामी भएको र आफूलाई कसैले कुनै दुर्व्यवहार नगरेको भन्दै प्रहरीमा निवेदन दिएकी छिन् । 

बानेश्वर प्रहरी वृत्तमा दिइएको निवेदनमा कोही कसैले आफूलाई कुनै प्रकारको दुर्व्यवहार नगरेको र बाहिर आएको खबरहरुबारे पनि आफूलाई कुनै जानकारी नरहेको उल्लेख छ । 

पीडित भनिएकी महिलाले नै आफूलाई केही नभएको भनेर प्रहरीमा लिखित निवेदन नै दर्ता गराएकाले अब यो घटनाको छानबिन प्रक्रिया रोकिने भएको छ । छानबिनका लागि आफूहरुलाई केही आधार चाहिने भए पनि पीडित भनिएकी महिलाले नै आफूलाई केही नभएको भनिसकेकाले छानबिनको काम अघि बढ्न नसक्ने महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता होविन्द्र बोगटीले बताउनुभयो । 

गएको सोमबार राती आफ्नो कोठामा आएका महराले आफूलाई दुर्व्यवहार गर्नुका साथै कुटपिट गरेको आरोप ती महिलाले लगाएकी थिइन् । संसद सचिवालयमै कार्यरत ती महिलाले सभामुखमाथि यौन दुर्व्यवहारको आरोप लगाएसँगै चौतर्फी विरोधकाबीच महरा मंगलबार सभामुख पदबाट राजीनामा दिन बाध्य हुनुभएको थियो ।  तर पीडित भनिएकी महिलाले २४ घण्टा पनि नबित्दै आफ्नो बयान फेरेपछि प्रहरीले छानबिन प्रक्रिया अघि बढाउन लागेको घटनाको छानबिन पनि रोकिने देखिएको छ । 

सम्बन्धित समाचार

 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया