यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महराले दिए राजीनामा

 असोज १४, २०७६ मंगलबार १३:२१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिनु भएको छ ।

चौतर्फी दबाबका बीच नेकपा सचिवालय बैठकलेसमेत सभामुखलाई राजीनामा दिन सुझाव दिएपछि महराले राजीनामा दिनु भएको हो ।

सभामुख महराले आफूमाथि लागेको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भन्दै नैतिकताका आधारमा उपसभामुखसमक्ष राजीनामा दिएको बताउनु भएको छ ।

यसअघि बिहान प्रधानमन्त्री समेत रहनुभएका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सभामुख महरालाई राजीनामा दिन सुझाव दिनुभएको थियो । 

महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुख महरालाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न चौतर्फी दबाब बढेको थियाे ।  

महराको सचिवालयले भने त्यसको खण्डन गरेको छ । तर पछि सञ्चारमाध्यमहरुमा सभामुख महराले उनी आफ्नो साथी भएकाले कोठामा गएको तर दुर्व्यवहार भने नगरेको दाबी गर्नुभएको थियो । 

सम्बन्धित समाचार

 

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

1 Comments

  • dhama paudyal

    Oct. 1, 2019, 3:17 p.m.

    कस्तो राजिनामा यो ? छान बिन नसक्किउन्जेल्को लागी रे । राजी नामा पनि एक दिन दुइ दिन तीन दिन भनेर लेखेर दिन पाइन्छ भन्या ? फेरी नैतिकताको आधार मा रे । नैतिकता त देखी हालियो नि । जङ्गली को पनि नैतिक्ता हुन्छ र भनेको ? सुन कान्ड मा " त्यो सुन तस्कारीको म त सानो माछो हु " भन्दा चाही मन्त्री पद बाट किन राजिनामा दिएन यदी नैतिकता भएको भए त्यस्बेला नै राजिनामा दिनु पर्ने थियो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया