पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुग्यो: नेकपा अध्यक्ष प्रचण्ड

 कात्तिक ५, २०७६ मंगलबार १४:३७:३३ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

पाँचथरको फिदिममा मंगलबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उहाँले पार्टी एकता प्रक्रिया केही ढिलो भए पनि एकता प्रक्रियालाई अन्तिम रुप दिने बारेमा पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पछिल्लो चरणमा गम्भीरताका साथ छलफल गरेको भन्दै अध्यक्ष दाहालले अब चाडैँ टुँगो लाग्ने बताउनुभयो ।

एक अर्काे प्रसँगमा उहाँले मुलुकको पछिल्लो राजनीतिक परिवर्तन २००७ सालको जस्तो मात्रात्मक परिवर्तन मात्र नभएर गुणात्मक परिवर्तन पनि भएकोले यसलाई चुनौतीका बाबजुद सरकारले सफलतापूर्वक कार्यान्वयन गरेको तर्क गर्नुभयो ।

२३ वर्षपछि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सफल भएको उल्लेख गर्दै सी को भ्रमणले देश विकासमा दीर्घकालीन महत्व राख्ने अध्यक्ष प्रचण्डको भनाइ थियाे ।

नेकपा पाँचथरले आयोजना गरेको एकदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पाँचथर आइपुग्नुभएका अध्यक्ष प्रचण्डसँग पार्टीका महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ पनि हुुनुहुन्छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया