नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
बेलायतमा बुधबार एउटा ट्रकभित्र भेटिएका सबै ३९ शव चिनियाँ नागरिकको भएको बताइएको छ ।
बेलायती सञ्चार माध्यमहरुले स्रोतले उद्धृत गर्दै सम्प्रेषण गरेको समाचार अनुसार उनीहरु सबै चिनियाँ नागरिक भएको पुष्टि भएको हो ।
पीडितहरु ट्रकको पछाडिको भाग कन्टेनरमा पूर्वी लण्डनको ग्रेज भन्ने स्थानमा मृत अवस्थामा बुधबार भेटिएका हुन् । उनीहरु बेल्जियमबाट डुङ्गामा यहाँ आएको बताइएको छ ।
आप्रवासन कार्यालयमा कार्यरत प्रहरीले उनीहरुको पहिचान गर्नु नै आफूहरुको प्रारम्भिक काम भएको बताएका छन् । मृतकमध्ये ३८ जना वयस्क र एक जना किशोर रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
शवहरु रहेको ट्रक बुधबार नै अति गोप्य तथा सुरक्षित ठाउँमा राखिएको अधिकारीहरुको भनाइ छ । घटनाका बारेमा प्रहरी र चिनियाँ दूतावासले केही प्रतिक्रिया दिएका छैनन् ।
यसअघि सन् २००० मा पनि ५८ चिनियाँको शव डेनमार्कको ट्रकमा भेटिएको थियो । त्यतिबेलाको ट्रक दक्षिणपूर्वी बेलायती बन्दरगाहमा भेटिएको थियो । त्यहाँ भने दुई जना जीवितै थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।