अन्तर्राष्ट्रिय महिला फुटबलकाे फाइनल खेल शुरू, नेपाली टाेलीमा...
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ – अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण निर्माण हुने बताउनु भएको छ ।
अर्थमन्त्री खतिवडाले देशलाई अत्याधिक ऋणको चापबाट मुक्त गराउन सरकारले कर नीति लिँदा केही अप्ठयारो भए पनि उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण बन्ने बताउनु भएको हो । उहाँले देशलाई अत्याधिक ऋणको मारबाट मुक्त गराउन आफूले करसम्बन्धी अलोकप्रिय नीति लिनु परेको पनि पटक–पटक दोहोर्याउनु भयो ।
‘राजस्व प्रणालीमा करको कुरा नगर्ने हो भने हामी अत्याधिक ऋणको बाटोमा जान्छौँ’ कर दिवसको अवसर पारेर आइतबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री खतिवडाले भन्नुभयो, ‘अत्याधिक ऋणको चापले देश संकटमा फस्ने हुनाले आफूले देशको दीर्घकालीन हितका लागि करसम्बन्धी अलोकप्रिय निर्णय लिनु परेको हो ।’
अर्थमन्त्री खतिवडाले देशको अर्थतन्त्र अध्यारोबाट उज्यालोतर्फ अघि बढिरहेकाले केही समस्या हुन सक्ने उल्लेख गर्दै त्यसलाई सल्ट्याउँदै लैजाने बाटोबाट सरकार अघि बढिरहेको पनि बताउनुभयो ।
अर्थमन्त्री खतिवडाले व्यवसायीहरुलाई देशप्रति जवाफदेही बनाउने गरी कर कानुन लागू गरिएको पनि दोहोर्याउनु भयो । उहाँले देशको अर्थतन्त्रलाई सवल, आत्मनिर्भर र सुदृढ बनाउनेगरी कर नीति लिएकाले दक्षिण एशीयामा नेपाल सबैभन्दा कम ऋण भएको देशको रुपमा पहिचान बनाउन सफल भएको पनि स्मरण गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।