वाणिज्य बैंकको रिपोर्ट : तीन महिनामा तीन बैंकको अर्बमाथि कमाइ

 मंसिर २, २०७६ सोमबार १२:२८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चालु आर्थिक वर्षको तीन महिनामा २८ वाणिज्य बैंकले १६ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएका छन् ।  बैंकहरुको समग्र नाफामा सामान्य सुधार भए पनि गएको आर्थिक वर्षको यसै अबधिको तुलनामा वृद्धिदर भने घट्न पुगेको छ । 

गएको आर्थिक वर्षको यस अवधिमा कुल २५ प्रतिशतले नाफा बढाएका वाणिज्य बैंकको चालु आर्थिक वर्षको यसै अवधिमा भने ६ प्रतिशत मात्रै नाफा देखिएको छ । गएको आर्थिक वर्षको पहिलो ३ महिनामा वाणिज्य बैंकहरुको कूल नाफा १५ अर्ब २२ करोड रुपैयाँ थियो ।

बैंकहरुको निक्षेपको लागत बढ्दै गए पनि अनुपातमा ऋणको ब्याज बढ्न नसक्दा नाफा घटेको हो ।

सबैभन्दा धेरै नाफा गर्नेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले निरन्तरता पाएको छ । राष्ट्रिय वाणिज्य बैंकसँगै नबिल बैंक र एनआईसी एशिया बैंकले तीन महिनामा अर्बभन्दा माथि नाफा कमाएका छन् । तर अर्बमा नाफा गरे पनि शेयरमा प्रतिफल भने बढेको छैन ।

राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १२ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । नबिल बैंकले पनि १ अर्ब १२ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । एनआईसी एशिया बैंकको नाफा १ अर्ब ४६ लाख छ ।

एनएमबी, ग्लोबल आईएमई, सनराइज, एनआईसी एसिया, सेन्चुरी, नेपाल बंगलादेश र सनराइज बैंकको नाफा उच्चदरमा बढेको छ ।

सबैभन्दा कम नाफा सिभिल बैंकले कमाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा पनि गिरावट आएको छ । यसैगरी यस अवधिमा एनसीसी, सिटिजन्स, सिद्धार्थ, बैंक अफ काठमाण्डु, सिभिल र एसबिआई बैंकको नाफामा गिरावट आएको छ । 

२८ मध्ये ११ बैंकको निष्कृय कर्जा बढेको छ । सेञ्चुरी र नेपाल इन्भेष्टमेन्ट बैंकको खराब कर्जा बढेको छ । ९ वाणिज्य बैंकले मात्रै खराब कर्जा १ प्रतिशतभन्दा कम राख्न सफल भएका छन् ।

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया