केदारनाथकाे शिर डोलेश्वरका ४ वटै ढोका खुला
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास आयोजनाहरुको जग्गाको मुआब्जा धेरै नखोज्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले विकास आयोजनाहरुको जग्गाको मुआब्जा अनुचित ढंगले लिने तर आफूले जग्गा किन्दा कमभन्दा कम राजस्व तिर्ने प्रवृत्ति त्याग्नुपर्ने बताउनुभयो ।
सोमबार प्रधानमन्त्री कार्यालयको ‘एक्सन रुम’बाट ६० मेगावाटको 'माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजना'को उद्घाटन गर्दै उहाँले विकास आयोजनाहरुको जग्गाको मुआब्जा लिँदा अनुचित लाभ लिनुपर्छ भन्ने खालका प्रवृत्तिहरुका कारण धेरै विकास आयोजनाहरुको काम अघि बढ्न नसकेको दृष्टान्त पेस गर्नुभयो ।
‘माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजना ९० मेगावाटको बन्न सक्थ्यो’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तर जग्गाको मुआब्जा जस्ता अनावश्यक विवादका कारण यो आयोजना विलम्ब भयो र लागत पनि बढ्न गयो । ६० मेगावाट विद्युत् उत्पादनमा सीमित हुनुपर्ने अवस्था आयो, यस्ता प्रवृत्तिले सिंगो देशलाई नै नोक्सान पुर्याउँछ ।’
साथै उहाँले अन्य जलविद्युत् आयोजनाहरु पनि यस्तै प्रवृत्तिका कारण अघि बढ्न नसकेको उल्लेख गर्दै विकास, निर्माणको कामलाई सहज ढंगले अघि बढाउने वातावरण बनाइदिन पनि सम्बन्धित सबैलाई आह्वान गर्नुभयो ।
विकासका कामहरुमा सबैको साझा प्रयास हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । उहाँले राज्यले देश र नागरिकको समृद्धिको निम्ति काम गर्ने हुनाले त्यसमा अनुचित माग र दबाब सिर्जना नगर्न सचेत गराउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारले लिएको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय आकांक्षालाई साकार पार्न माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाले पनि महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
‘आजबाट ६० मेगावाट विद्युत् थप हुनुले सिंगो देश नै खुशी भएको छ, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यसले देशमा रहेको गरिबी हटाउन, रोजगारीको अवसर सिर्जना गरी उत्पादन वृद्धि गर्न पनि सघाउँछ ।’
प्रधानमन्त्री ओलीले सरकारले देशलाई समृद्ध बनाउने राष्ट्रिय आकांक्षालाई छिटो पूरा गर्न चाहेको पनि दोहोर्याउनु भयो । यो आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्नसक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
सम्बन्धित समाचार
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।