३८ करोड २९ लाख रुपैयाँ बिगोसहित ३ वटा फर्मविरुद्ध राजश्व छलीका मुद्दा

 मंसिर २, २०७६ सोमबार १७:४३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ३८ करोड २९ लाख रुपैयाँ बिगोसहित ३ वटा फर्म र केही व्यक्तिविरुद्ध राजश्व छलीका मुद्दा दायर भएको छ । 

नक्कली बिजक बनाएर, अन्तःशुल्क स्टिकर नलगाइ, तथा आयकर छली गरेको आरोपमा राजश्व अनुसन्धान विभागले विभिन्न जिल्ला अदालतमा ३८ करोड २९ लाख रुपैयाँ बिगो र जरिबाना माग गरेर मुद्दा दायर गरेको हो । 

झापाको मेचीनगर नगरपालिका १४ को साकम्बरी प्रोडक्टले माधव इन्टरप्राइजेजको संलग्नतामा अवैध गुटखाजन्य वस्तुको कारोबार गरेको आरोपमा ३६ करोड ५५ लाख रुपैयाँ बिगो र ६ जनाविरुद्ध तीन वर्षको कैद सजाय माग गरेर झापा जिल्ला अदालतमा मुद्दा दायर भएको छ । यो घटनामा मुकेश शर्मा, विष्णुप्रसाद खरेल, रामकृष्ण शर्मा, सदन सिंह, सिताराम शर्मा र आशिष शर्मालाई विपक्षी बनाइएको विभागले जनाएको छ । 

यस्तै गोरखाको पहिलेको हंसपुर गाविस ५ घर भइ अहिले काठमाण्डौ बस्ने विनिता दुवाडीलाई पनि राजश्व छली गरेको आरोपमा एक करोड २८ लाख रुपैयाँ बिगो र तीन वर्ष कैद सजायको माग गरेर काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । अम्बेल इन्टरप्राइजेजका नाममा वस्तु तथा सेवा खरिद नै नगरी झुटा भ्याट बिल प्रयोग गरेर उनले राजश्व छलेको राजश्व अनुसन्धान विभागले जनाएको छ । 

काठमाण्डौ महानगरपालिका ३२ मा रहेको सुसञ्जित इन्टरप्राइजेजकी सञ्चालक सरस्वती गौतम र उनका श्रीमानविरुद्ध पनि राजश्व छली गरेको आरोपमा ४५ लाख ४५ हजार रुपैयाँ बिगो र तीन वर्ष कैद सजाय माग गरेर मुद्दा दायर भएको छ  । 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया