रक्सीले मातेका असई नै ‘मापसे’ चेक गर्दै !

 मंसिर ६, २०७६ शुक्रबार २०:४५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

सांकेतिक तस्बिर

मोरङ - मापसे (मादक पदार्थ सेवन) गरेर ड्युटी गरिरहेको अवस्थामा भेटिएका प्रहरी  सहायक निरीक्षक(असई)माथि कारबाही प्रक्रिया अघि बढेको छ ।

विराटनगरको बरगाछी प्रहरी चौकीमा कार्यरत असई ताराबहादुर बस्नेतलाई ड्युटीमा मापसे गरेको अवस्थामा भेटिएको हो ।

ड्युटीमा आफै  मादक पदार्थ सेवन गरेर सवारी साधनका चालकको मापसे चेक गरिरहेको पाइएपछि जिल्ला प्रहरी कार्यालय मोरङमा तानेर उनीमाथि कारबाही अघि बढाउन अनुसन्धान थालिएको छ ।

विराटनगर महानगरपालिका–४ खारजीमा बिहीबार राति मापसे चेकमा खटिएका असई बस्नेतलाई नियन्त्रणमा लिन मोरङका डीएसपी राजकुमार खिँउजुको टोली पुगेको थियो ।

कोशी अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणबाट बस्नेतले मापसे सेवन गरेको पुष्टि भएको छ । डीएसपी खिँउजुले जिल्ला तानिएका बस्नेतमाथि आवश्यक अनुसन्धानपछि कारबाही अघि बढाइने बताउनुभयो ।

खिँउजु आफै घटनास्थलमा पुग्दा प्रहरीको पोशाक लगाएर ड्युटीमा खटिए पनि रक्सीको नसामा लट्ठ रहेका बस्नेत सडकमा गुड्ने सवारी साधनका चालकले मापसे गरे–नगरेको बारेमा चेकचाहिँ गरिरहेका थिए ।

मापसे चेकका क्रममा सवारी चालकसँग विवाद गरेपछि जिल्ला प्रहरी कार्यालयमा सवारी चालकहरुले ड्युटीमा रहेका असईले मापसे गरेको जानकारी गराएका थिए । त्यसपछि घटना बाहिरिएको हो ।

शुक्रबार दिउँसोसम्म उनको ठाउँमा बरगाछी चौकीमा कसैलाई पठाइएको छैन । जिल्ला प्रहरी कार्यालय मोरङले तीन दिनअघि मात्रै बस्नेतलाई बरगाछी चौकीको इन्चार्ज तोकेर पठाइएको थियो ।

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया