'नागरिकता संशाेधन विधेयक'काे विराेधमा बंगालमा पनि प्रदर्शन, प्रदर्शनकारीले बस र ट्रेनमा आगाे लगाए

 मंसिर २९, २०७६ आइतबार ७:३१:२८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ –  'नागरिकता संशोधन विधेयक'लाई लिएर असमलगायत पूर्वाेत्तर राज्यमा प्रदर्शन चर्किएपछि अब पश्चिम बंगालमा पनि विराेध सुरु भएकाे छ ।  

बंगालको मुर्शिदाबादमा प्रदर्शनकारीहरुले लालगोला रेलवे स्टेशनमा पाँच वटा खाली ट्रेनमा आगो लगाएका छन् । प्रदर्शनकारीहरुले राज्यका विभिन्न क्षेत्रका सडक पनि अवरुद्ध गरे । 

जसका कारण सडक यातायात र रेल सेवा पनि प्रभावित भयो । मुर्शिदाबाद र उत्तरी २४ परगना जिल्ला तथ हावडा (ग्रामीण) मा प्रदर्शनले उग्र रुप लिएको प्रहरी अधिकारीले जनाएका छन् । 

याे पनि पढ्नुस्

हावडा जिल्लाको एक रेलवे स्टेशन परिसरको भाग शनिबार प्रदर्शनकारीहरुले जलाएको र त्यहाँ तैनाथ सुरक्षाकर्मीहरुलाई हातपात गरेका छन् । 

प्रहरीका अनुसार शनिबार बिहानदेखि नै नागरिकता संशोधन विधेयकको विरोध गरिरहेका हजारौँ प्रदर्शनकारीहरुले सडक अवरुद्ध गर्नुका साथै केही पसलमा पनि आगो लगाएका छन् । रेलवे सुरक्षा बलका एक वरिष्ठ अधिकारीले भने, ‘दिउँसोको समयमा प्रदर्शनकारीहरु रेलवे स्टेशनमा छिरे र टिकट काउण्टरमा आगो लगाइदिए ।’

प्रदर्शन चर्किएपछि ४० भन्दा बढी रेलवे सेवा रद्द गरिएको प्रहरी अधिकारीहरुले जनाएका छन् । रेलवेका कर्मचारीहरु ज्यान बचाउन स्टेशन छोडेर भागेका थिए । प्रदर्शनकारीहरुले सार्वजनिक बस, दमकलामा पनि आगो ल्याउन भ्याए । 

भारतको लोकसभा र राज्यसभाबाट ‘विवादित’ नागरिकता संशोधन विधेयक २०१९ पारित भएसँगै भारतको पूर्वोत्तर राज्य असममा हिंसात्मक प्रदर्शन बढ्दै गएको छ ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया