खाेटाङ बजारमा आगलागी : झण्डै ६० लाख बराबरकाे क्षति !

 पुस १, २०७६ मंगलबार १०:१९:० | दमन राई
unn.prixa.net

खोटाङ –  विद्युत् सर्ट हुँदा खोटेहाङ गाउँपालिका ७ को खोटाङ बजारमा रहेको माणिकलाल प्रधानको घरमा आगलागी भएको छ । 

मोबाइल र स्टेसनरी पसल सञ्चालन हुँदै आएको प्रधानको घरमा सोमबार राति आगलागी हुँदा लाखौँको क्षति भएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताउनु भयो । 

आगलागीमा प्रधानको घरमा सञ्चालित खोटेहाङ गाउँपालिका ६ ईन्द्रेणी पोखरीका रमेश राईको मोबाइल पसल र खोटाङ बजारकै घनश्याम फुयाँलको स्टेसनरी पसल पूर्णरुपमा जलेको छ । 

मोबाइल पसलबाट सुरु भएको आगलागीमा घरका मालिक प्रधानको झण्डै ३० लाख, मोबाइल पसल सञ्चालक राईको १८ लाख र स्टेसनरी सञ्चालक फुयाँलको १५ लाख बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) आमोदकुमार खेरवारले बताउनु भयो । 

प्रधान परिवार भने काठ्माण्डौमा बस्दै आएका छन् । प्रहरी र स्थानीयबासीले आगलागी नियन्त्रणमा लिएका थिए । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया