एनपीएलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ, अरूको ...
पुस ८, २०८१ सोमबार
दाङ – नेपाल–भारत सीमा क्षेत्र दाङ गढवा गाउँपालिका ८ को कोइलाबासका स्थानीयलाई घरछाउनको लागि जस्तापाता वितरण गरिएको छ ।
गढवा गाउँपालिका वडा कार्यालयले गएको आर्थिक वर्षको १४ लाख रुपैयाँ बजेटबाट वडाका ५९ घरधुरीको लागि जस्तापाता वितरण गरिएको हो । गढवा ८ को मुसीनाका, खबरीनाका र कोइलाबास हुलाकी राजमार्ग आसपासका स्थानीयलाई जस्तापाता वितरण गरिएको वडाध्यक्ष सद्दाम सिद्धिकीले जानकारी दिनुभयो ।
गर्मी मौसममा खरका छानामा आगलागीको खतरा हुने भएका कारण आफ्नो कार्यअवधिभर कोइलाबासका सबै घरको खरको छाना हटाउने योजना बनाएको वडाध्यक्ष सिद्धिकीले जानकारी दिनुभयो ।
जस्तापाता कार्यक्रमले प्रत्येक वर्ष निरन्तरता पाउने जानकारी दिँदै उहाँले स्थानीय उपभोक्ताले सही सदुपयोग गरेर स्थानीय जनप्रतिनिधिलाई सल्लाह र सुझाव दिन आग्रह गर्नुभयो ।
जस्तापाता वितरण कार्यक्रममा प्रदेश ५ का सांसद इन्द्रजीत थारुले सुरक्षित आवासको ग्यारेण्टी सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘टिनको छानोबाट यसको सुरुवात गरिएको छ । तीन तहकै सरकारले जनता आवासको ग्यारेण्टीको कार्यक्रमहरु ल्याएका छन्, आवासविहिन कोही पनि हुँदैनन्’, सांसद थारुले भन्नुभयो ।
प्रदेश ५ को सरकारले जनता आवास कार्यक्रम लागू गरी अति विपन्न र दलित समुदायको आवास निर्माण गरिरहेको स्मरण गराउँदै सांसद थारुले कोइलाबास क्षेत्रमा पनि जनता आवास कार्यक्रममार्फत तीनवटा घर बनाउने योजना रहेको बताउनु भयो ।
यसैबीच वडा कार्यलयबाट जस्तापाता पाएपछि स्थानीय उपभोक्ताहरु खुशी भएका छन् । गढवा गाउँपालिका ८ खबरीनाकाका चन्द्रबहादुर बुढाले भन्नुभयो, घर छाउन टिन आउन लागेको छ भनेपछि खरको छाना फालेर टिन लगाउन तयार पारेको थिएँ, जस्तापाता पाउँदा खुशी लागेको छ ।’
यस्तै मु्सीनाकाका जीतबहादुर घर्तीले जस्तापाताको छाना पाएपछि सरकार भएको अनुभूति गरेको बताउनु भयो । ‘सरकार भएको महसुस भयो । जंगलको बीचमा घर रहेकाले असुरक्षित थियो । आगलागी हुँदा डर हुन्थ्यो, अब धेरै सहज हुने भयो’, घर्तीले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।