काठमाण्डाैकाे तापक्रम केही बढ्याे, तराईकाे हुस्सु भने नहट्ने

 पुष १३, २०७६ आइतबार ८:३६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तराईमा लागेको हुस्सु आइतबार दिनभर पनि नहट्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाण्डौसहित देशका धेरै ठाउँमा अहिले लागेको कुहिरो हटेर दिउँसो घाम लाग्ने भए पनि तराईमा भने हुस्सु नहट्ने महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । 

हुस्सु नहट्ने भएकाले तराईमा आइतबार न्यूनतम र अधितम तापक्रममा खासै अन्तर नहुने र चिसो हुने उहाँले बताउनुभयो । अत्यन्तै चिसो हुने र घाम नलाग्ने भए पनि त्यसलाई शितलहर भने भन्न नमिल्ने उहाँको भनाई छ । अझै एक दुई दिन तराईमा लगातार हुस्सु लाग्ने सम्भावना छ । 

मंगलबारदेखि भने पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावनासमेत भएकाले बिस्तारै कुहिरो हट्ने उहाँले बताउनुभयो । देशका अरु ठाउँमा भने आइतबार र सोमबारको तापक्रममा खासै घटबढ नहुने र बिहानतिर हल्का हुस्सु, कुहिरो लागे पनि दिउँसोतिर घाम लाग्ने सम्भावना भएको उहाँको भनाइ छ । 

काठमाडौको तापक्रम शनिबारभन्दा थोरै बढेको छ । शनिबार शून्य दशमलव ६ डिग्री मापन गरिएको काठमाण्डौको तापक्रम आइतबार बिहान १ डिग्री सेल्सियस पुगेको मौसमविदे श्रेष्ठले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया