भाेलिदेखि देशका धेरै ठाउँमा चिसो बढ्ने, बिहीवार र शुक्रबार वर्षासँगै हिमपातको सम्भावना

 पुस १४, २०७६ सोमबार १७:२५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मंगलबारदखि देशका धेरै ठाउँमा चिसो बढ्ने मौसमविद्ले बताएका छन् । अहिले जम्मू-कश्मीरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली पूर्व सर्ने क्रममा रहेको र यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा साेमबार रातिसम्ममा प्रवेश गर्ने देखिएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

उहाँका अनुसार यही प्रणालीका कारण मंगलबार देशको पश्चिमी उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना छ । यो प्रणाली बुधाबार बेलुकीसम्म अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली क्षेत्रमासमेत भारी हिमपात हुने उहाँले बताउनुभयो ।  

यो प्रणालीका कारण बुधबार र बिहीबार देशैभरी बदली भई तापक्रम घट्ने र देशैभरी चिसो बढ्ने अनुमान रहेको मौसमविद् कँडेलले बताउनुभयो ।

यस्तै, यही प्रणालीका कारण आउँदो बिहीवार र शुक्रबार केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । देशभर तापक्रम घट्ने सम्भावना रहेकाले हिमपात र चिसोबाट जोगिन सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Arun Kumar

    Dec. 30, 2019, 5:58 p.m.

    Good

  •  0 Reply

तपाईको प्रतिक्रिया