पानी जमेकाे खाल्टाेमा डुबेर दुई जना बालककाे ज्यान गयाे

 पुष २१, २०७६ सोमबार ११:२२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी – महोत्तरीमा इँटा उद्याेगमा रहेकाे पानी जमेकाे खाल्टाेमा डुबेर दुई जना बालककाे ज्यान गएकाे छ । 

औरही नगरपालिका ९ इनर्वामा सञ्चालित डीएमडी इँटा उद्योगमा रहेको पानी जमेको खाल्डोमा डुबेर दुई जना बालककाे ज्यान गएकाे हाे । ज्यान गुमाउनेमा रौतहट चन्द्रपुर नगरपालिका २ मा रहेकाे जुडिबेलाकाे माझीटोलका विक्रम कुशवार माझीको तीन वर्षीय छोरा तितश कुशवर माझी र त्यही ठाउँका अर्जुन कुशवरका दुई वर्षीय छोरा अनिष कुशवर रहेका छन् ।  

साँझको समयमा खेल्ने क्रममा पानीमा डुबेका ती बालककाे स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा ज्यान गएकाे इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । बालकहरुकाे शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ ।

विक्रम र अर्जुन सपरिवार केही महिनादेखि त्यही इँटा उद्योगमा मजदुरको रुपमा कार्यरत थिए । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया