एनआईसी एसिया बैंककाे न्यु सुपर चमत्कारिक याेजना : ३० चमत्कारिक फाइदा

 पुष २१, २०७६ सोमबार १४:४६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एनआईसी एसिया बैंकले न्यु सुपर चमत्कारिक निक्षेप योजना सार्वजनिक गरेको छ । 

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ सेवा प्रदान गर्दै आइरहेको बैंकले अङ्ग्रेजी नयाँ वर्षको उपलक्ष्यमा ग्राहकहरुका लागि सर्वाधिक उच्च प्रतिफलसहितको योजना ल्याएको हो ।

यो योजनामा उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर सुविधा, देशभरका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट रकम झिक्दा शुल्क नलाग्ने लगायतका ३० चमत्कारिक फाइदाहरु रहेका छन् ।  

यस योजनाअन्तर्गत खाता खोल्ने ग्राहकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने छन् । यस सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट ज्यान गएका वा पूर्णरुपमा अशक्त भएमा १० लाख रुपैयाँसम्मको बीमा सुविधा, १८ घातक रोगहरुको लागि १० लाख रुपैयाँसम्मको बीमा सुविधा र एक लाख रुपैयाँसम्मको औषपध उपचार बीमा सुविधा प्राप्त गर्नेछन् । 

औषधि उपचार बीमाअन्तर्गत बैंकले ग्राहकलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरङ्ग (ओपीडी) उपचारमा २० हजार रुपैयाँसम्म र अस्पताल भर्ना बापत ८० हजार रुपैयाँसम्मको बीमा सुविधा प्रदान गर्नेछन् । साथै यी बीमा सुविधाहरु बापत लाग्ने प्रिमियम बैंक स्वयंले एभरेस्ट इन्स्योरेन्स कम्पनीलाई तिर्नेछ ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया